महरा प्रकरणले : प्रहरीलाई अनुसन्धान गर्ने आधार नभएपछि मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
कठमाडौं– सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराउँदै लिखित निवेदन दिएपछि प्रहरीको अनुसन्धान गर्ने बाटो बन्द भएको छ।
प्रहरीको अनुसन्धान गर्ने बाटो बन्द भएपछि राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख र संसद सचिवालयकी कर्मचारी शाहीबीच भएको घटनाको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको छ।
आयोगले आफूले घटना भएपश्चातको सञ्चार तथा सूचनाको अनुगमन गरिरहेको पनि विज्ञप्ति मार्फत जनाएको छ। आयोगले नेपाल प्रहरीसँग हालसम्म भएको अनुसन्धान र पीडित शाही तथा घटना बाहिर ल्याउने पत्रकारको सुरक्षा अवस्थाबारे पनि जानकारी माग गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा ३ सदस्यीयउच्चस्तरीय अनुगमन टोली गठन गरिएको आयोगले जनाएको छ।
उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।