त्रिभुवन विमानस्थल महाप्रवन्धकबाट किन क्षेत्रीलाई हटाइयो?
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल महाप्रवन्धकबाट राजकुमार क्षेत्रीलाई क्षेत्रीलाई हटाउँदै परिवर्तन गरेको हो। प्राधिकरणले क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनलाई विमानस्थल महाप्रबन्धकबाट सचिवालयमा तानिएको
विमानस्थल स्रोतले जनाएको छ।
प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व हेरफेर भएको स्वीकार।सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ ।