त्रिविको उपकूलपतिमा तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी?
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा ३ जनाको नाम सिफारिस भएको छ। डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस भएको हो।
उनीहरुको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।
सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिमा चयन हुनेछन्। त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार उनीहरुको नाम बुझाइसकेको हो।
तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकूलपति पद खाली छ। सिफारिस गरिएका नाम निकै अघिदेखि चर्चामा रहेका नाम थिए। शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न ुसर्च कमिटीु गठन गरिएको थियो।