१० किलो चाँदी बरामद, एक भारतीय पक्राउ
काठमाडौं – धनुषामा १० किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जलेश्वर नगरपालिका–२ खैरा चोकमा लुकाई छिपाई ल्याइएको चाँदीसहित २५ वर्षीय सिताराम साहुलाई प्रहरीले पक्राउ गरेको हो।
भारत बिहार हनुमानजी नगर–१ बस्ने साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जनकपुरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको ज १२ प ७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहुको साथमा राखेको २ केजी ४ सय ग्राम तथा मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई राखेको ८ केजी ५ सय ग्राम गरी १० केजी ९ सय ग्राम परिणामको चाँदी फेला पारेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।