निवर्तमान सभामुख महराले किन छाडेनन् सरकारी निवास
काठमाडौं – सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास भने अहिले सम्म पनि छाडेका छैनन्।
महरा बालुवाटारस्थित सरकारी निवासमै राजीनामा स्वीकृत भइसक्दा पनि रहेको बताइएको बालुवाटार स्रोतले बताएको छ। निवर्तमान सभामुख महरा सरकारी निवासमै रहेको उनका प्रेस संयोजक डिल्ली मल्लले बताए।
यौन दुराचारको आरोप लागेपछि महराले मंगलबार राजीनामा दिएका थिए।सर्तसहितको राजीनामा दिएकोमा विरोध भएपछि महराले ‘गोप्य’ रुपमा बुधबार पुनः अर्को राजीनामा पत्र बुझाएका थिए।
उपसभामुख शिवमाया तुम्बाहाङ्म्फेले महराको राजीनामा अस्वीकृत गरेपछि उनले भाषा सच्चाएर दोश्रो राजीनामा दिएका थिए।