पूर्वराजा ज्ञानेन्द्रद्वारा दशैको शुभकामना

पूर्वराजा ज्ञानेन्द्रद्वारा दशैको शुभकामना

काठमाडैँ – पुर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरु दशैको शूभकामना व्यक्त गरेका छन्। “राष्ट्रिय सांस्कृतिक पर्व” बड दशैं नेपाली घर आंगनमा छाएको छ ।

विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति र सम्वृ४िको लागि शूभकामना व्यक्त गर्दछाैँ। भनी राजाद्वारा जारी शूभकामना पत्रमा उल्लेख छ।

सोही शुभकामना पत्रमा राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हूुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पूर्खाको गाथा, पौरख र सूसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि हाम्रो भलो हुदैन ।

एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्५्यौने र आ-आफ्नो कमी कमजोरीलाई ९ाक५ोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृति कूनै पनि अर्थमा राम्रो नहुने उल्लेख छ।

त्यस्तै पुर्वराज ज्ञानेन्द्रले हाम्रो उ२ेश्य हाम्रो देश, हाम्रो पुरै देशको उन्नति बाहेक अरु केहि गलत कार्य गर्न नहुने बताए।

उनका अनुसार भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बूद्दि र भाइचाराको स्मारक बन्नू पर्दछ । तर राष्ट्रयता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भूसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित हूंदैन । त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सूल्झाउने, सच्याउने र आफ्नै “राष्ट्रय आदर्श” बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हूनूपर्दछ ।

संम्बधित खबर

विशेष