News Breaking News

महराविरुद्धको कसूर पुष्टि भए कति वर्षको जेल?

महराविरुद्धको कसूर पुष्टि भए कति वर्षको जेल?

काठमाडाै - संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।उनले निवर्तमान सभामुख आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।

रोशनीको उजुरीपछि महरा पक्राउ पर्ने विषयमा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरबीच चर्चा परिचर्चा सुरु भएको छ । नेपालको राजनीतिक इतिहासकै हाइप्रोफाइलको यो स्क्यान्डलका कारण महराले सभामुख पदनै गुमाइसकेका छन् । अब उनी पक्राउ समेत पर्ने सम्भावना किटानी जहेरीले बढाएको छ । प्रहरी स्रोतका अुनसार रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेकी हुन्। 

यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ । पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी उक्त आरोपमाथि अनुसन्धान गर्न कस्सिएर लागेको छ।

प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ ।

यौन दुर्व्यवहारको कसुर पुष्टि भए मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । उक्त दफामा कसैलाई यौन दुर्व्यवहार गर्न नहुने भनिएको छ । महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ ।

शनिबार पीडित रोशनीले बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । शनिबार बिदा परेकोले आइतबार जाहेरीमाथि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।

यो प्रकरणलाई अन्यत्र मोड्ने गरी रोशनीले आफ्नै सुरुको बोली फेर्दै आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको दाबीसहित बयान दिएपनि उपलब्ध तथ्यहरुको विश्लेषणबाट महरा रोशनीको निवास पुगेको पुष्टि भएपछि महरालाई कारबाहीको दायरामा ल्याउन मनावअधिकार आयोगदेखि सबै कोणबाट दबाब परेको थियो । 

यो विषयमा  शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएका थिए । सोही बैठकमा गृहमन्त्री थापाले  अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । 

विशेष