कक्षाकोठामै यी युवतिको यस्ताे हर्कत हेरेर प्रिन्सिपल परे छक्क
११ कक्षाकी एक छात्राले कक्षाकोठामा बसिरहेका बेला अचानक विचित्र हर्कत गर्न थालिन् । उनको हर्कतमा शिक्षकको आँखा पर्यो । जब शिक्षके उनको नजिकै गएर हेरे त्यसपछि शिक्षककै होस उड्यो ।
ती छात्राले कक्षामै यस्तो हर्कत गर्दै थिइन् जुन शिक्षकले हेर्न समेत सकेनन् । घटना भारतको जालंधरको एक स्कुलको भएको बताइएको छ । दायाँबायाँ बसेका विद्यार्थीले पनि बुझ्न सकेनन् कि उनले के गरिरहेकी छिन् । उनले अनौठो आवाज निकालिरहेकी थिइन् । आवाज सुनेपछि कक्षाका सबै विद्यार्थीले चकित परेर उनलाई हेरे ।
यो सब हुँदा कक्षामा शिक्षक थिएनन् । विद्यार्थीलाई उनको क्रियाकलापमा शंका भएपछि उनीहरुले यसको बारेमा प्रिन्सिपललाई भने । यसपछि प्रिन्सिपल स्वयं कक्षामा गए ।
जब प्रिन्सिपल छात्राको नजिक पुगे र उनलाई जुन हालतमा पाए त्यसले उनको होस उड्यो । छात्राको नजिकै गएपछि उनले देखे कि छात्रासँग रक्कीको एउटा बोतल थियो र उनको मुखबाट रक्सीको तेज दुर्गन्ध आइरहेको थियो ।
प्रिन्सिपलले छात्राको परिवारलाई बोलाएर यसबारे जानकारी दिए । अब ती छात्रालाई स्कुलबाट निकालिएको छ । ती छात्राका पिता पेसाले वेटर भएको बताइएको छ । उनी दिनहुँ कुनै न कुनै पार्टीमा काम गर्न जान्थे ।
त्यहाँबाट उनले अरु चीजसँगै रक्सी पनि घर लिएर आउँथे । यो रक्सी उनकी छोरीले लुकिछिपी पिउँथिन् । यो कुराको शंका आमाबाबुलाई भइसकेको थियो । तर उनीहरुलाई यो थाहा थिएन कि उनीहरुकी छोरीले रक्सी स्कुल ब्यागमा राखेर स्कुल लान्छिन् । ती छात्रालाई रक्सीको लत लागिसकेको बताइएको छ ।