आज बडादशैँको छैठौँ दिन, कात्यायानी देवीको पूजा गरिँदै 

आज बडादशैँको छैठौँ दिन, कात्यायानी देवीको पूजा गरिँदै 

काठमाडौँ । बडा दशैंको आज छैठौ दिन । कात्यायनी देवीको पूजा आराधना गरी मनाइदैछ । आज पनि विहानैदेखि देशभरका शक्तिपीठमा दर्शनार्थीहरुको घुईँचो लागेको छ । नवदुर्गाका नौ रुपमध्ये छैठौँ रुप कात्यायनी देवीको अर्को नाम पार्वती हो ।

स्कन्द पुराण अनुसार महादेवको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको विश्वास गरिन्छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिषसुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

संम्बधित खबर

विशेष