राष्ट्रपतिले विजया दशमीममा १ बजेदेखि टीका लगाइदिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीमा उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणलाई पनि टीका लगाइदिनुहुने भएको छ । असोज २१ गते मङ्गलबार दिउँसो १ बजेबाट समय व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सम्माननीयहरू, माननीय उपप्रधानमन्त्रीहरू, प्रदेश प्रमुखहरू, मन्त्रीहरू, न्यायाधीशहरू, सङ्घीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरूलाई दिउँसो १ बजेदेखि २ बजेसम्मको समय व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस्तै अन्य इच्छुक सर्वसाधारणका लागि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म टीका प्रसाद ग्रहणको कार्यक्रम राखिएको र त्यसका लागि शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नसमेत कार्यालयले विज्ञप्ति जारी गरी आह्वान गरेको छ ।