दशैँको मौका छोपेर यात्रु ठग्ने राजमार्गका ११ होटेल कारबाहीमा 

दशैँको मौका छोपेर यात्रु ठग्ने राजमार्गका ११ होटेल कारबाहीमा 

धादिङ । दशैँका बेला घर जाने यात्रुलाई खाजा, खानामा ठग्ने विभिन्न होटेल कारबाहीमा परेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत रहेका विभिन्न११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको हो। यात्रुलाई ठगी गरेकाले कारबाही गरिएको वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय पदार्थमा तोकिएको भन्दा धेरै मूल्य लिने, बिल बिजक नराख्ने तथा मूल्य सूची जारी नगर्नेहरुलाई कारबाही गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।

विभागले शुक्रबार बिहान ९ बजेदेखि नौबिसेबाट बेनीघाटसम्म दुई टोली खटाएर अनुगमन गरेको थियो । दिनभर अनुगमन भएका २१ वटा होटल तथा पसल मध्ये ११ वटामा कैफियत देखिएपछि ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको महानिर्देशक गौचनले बताए । जरिवानाबाट ४ लाख रुपैयाँ संकलन भएको छ ।

संम्बधित खबर

विशेष