खसीबोका छान्दा के कुरामा ध्यान दिने
काठमाडौँ । दशैँका लागि खसीको जोहो गर्दै हुनुहुन्छ ? कतिपयले किनिसक्नु भयो पनि होला । महाअष्टमीका दिन देशभर खसीबोका बली दिने प्रसादस्वरुप ग्रहण गर्ने परम्परा छ । तर कस्तो खशीबोका किन्ने त ?
खसीबोका वा पन्छीको छनौटदेखि नै उपभोक्ताले ध्यान दिनुपर्छ । दशैंका लागि खसीबोका किन्दा नै हामीले आधारभूत कुरामा ध्यान दिए मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ ।
अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बसेको लगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वास्थता अनुमान लगाउन सकिन्छ । तर, शतप्रतिशत अनुमानले पनि काम गर्छ भन्ने निश्चित हुँदैन ।