सेना प्रहरीले दशैँ बिदामा निःशुल्क बस सेवा सञ्चालन गर्ने
काठमाडौँ । दशैँ लागेसँग उपत्यकामा सवारी साधनको चाप निकै कम भएको छ । उपत्यकामा सवारी साधन कम भएपछि सुरक्षा निकायले दशैंका बिदाको दिनमा बस सञ्चालन गर्ने भएका छन् ।
सेनाले टिकाको दिन भद्रकालीबाट उपत्यकाको सबै रुटमा निस्शुल्क बस सेवा सञ्चालन गर्ने भएको हो ।
सशस्त्र प्रहरीले पनि नवमीदेखि एकादशी सम्म यो सुविधा दिने जनाएको छ ।