कार्यालय बिदापछि ३ लाखले काठमाडौँ छाडे, २१ लाख बाहिरिए
काठमाडौँ । दशैँका लागि राजधानी छाडनेको संख्या बढ्दै गएको छ । दशैं मान्न काठमाडौंबाट करिब २० लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज पाँच गते टिकट बुकिङ खुला भएपछि २१ लाख मानिसले काठमाडौं छाडेका हुन् ।
पछिल्लो २४ घण्टामा करिव ३ लाख यात्रु बाहिरिएका छन् । शनिबारबाट सरकारी कार्यालय बिदा भएकाले पनि घर जाने बढेका हुन । सरकारी कार्यालय बिदा भएकाले थप तीन लाख यात्रुले आज उपत्यका छाडने अनुमान प्रहरीको छ ।
काठमाडौं उपत्यकामा चल्ने गाडीको संख्या पनि कम भएको छ ।