News Breaking News

अन्तत: फेरि महराविरुद्ध रोशनीले दर्ता गराइन यस्तो जाहेरी, प्रहरी पर्‍यो अन्यौलमा!

अन्तत: फेरि महराविरुद्ध रोशनीले दर्ता गराइन यस्तो जाहेरी, प्रहरी पर्‍यो अन्यौलमा!

काठमाडौँ — संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । 
उनले निवर्तमान सभामुख आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले शनिबार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महराविरुद्ध बलात्कार प्रयासको कसूरमा किटानी जाहेरी दिएको बताए। 

उनले भने,‘पीडित रोशनी स्वयम् आएर महराविरुद्ध किटानी जाहेरी दिनुभएको छ। अब अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाइन्छ।’ किटानी जाहेर शनिबार दर्ता भएकोले थप अनुसन्धान प्रक्रिया आइतबारबाट सुरु हुने उनले बताए।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि बुधबार उनले सभामुख पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। तर सांसद पद भने यथावत छ।

किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसदबाट निलम्बन गराइने छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा बरामद सामानको फरेन्सिक जाँचको तयारीसमेत गरेको छ।

महरा प्रकरणको विषयमा शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबीच कुराकानी भएको छ।

विशेष