पक्राउ परेका महराको सांसद पद पनि स्वतः निलम्बित

पक्राउ परेका महराको सांसद पद पनि स्वतः निलम्बित

काठमाडौँ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई २८ गतेदेखि अदालत पेश गरी कारबाही प्रक्रिया थालिनेछ।

पक्राउ परेसँगै उनको सांसद पद तत्कालका लागि स्वतः निलम्बनको अवस्थामा पुगेको छ। प्रचलित कानून अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बनको अवस्थामा जान्छ। 

सांसद पद रहे पनि त्यसबापतको सेवा सुविधा दिइँदैन। तर आरोप प्रमाणित भएमा अर्थात दोषी ठहर भएमा सांसद पद स्वत जान्छ वा महरा सांसद रहँदैनन्। 

के हुनेछ सजाय

अभियोग प्रमाणित भए महरालाई कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुनेछ। मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ।

जबरजस्ती करणीको  प्रयास मात्र गरे त्यसको आधा सजाय हुने व्यवस्था संहिताले गरेको छ।

यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुने छ ।

संम्बधित खबर

विशेष