News

प्रधानमन्त्री ओली गृहनगरमा 

प्रधानमन्त्री ओली गृहनगरमा 

दशैंका कार्यक्रममा सहभागी हुन केपी शर्मा ओली झापा पुग्नुभएको छ । उहाँलाई भद्रपुर विमानस्थलमा प्रदेशका मन्त्रीलगायत पार्टीका नेता, कार्यकर्ताले स्वागत गरेका थिए । विमानबाट ओर्लनासाथ उहाँले भद्रपुर विमानस्थल विस्तारका विषयमा विमानस्थल प्रमुख पूर्ण चुडालसंग चासो राख्नुभएको थियो । 

भरतपुर विमानस्थलजस्तै झापामा पनि स्तरोन्नतिका लागि सेनाको व्यारेक बाधक भइरहेको छ । दशैंको उपलक्ष्यमा दमक, भद्रपुरलगायत विभिन्न ठाउँमा हुने कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरी प्रधानमन्त्री आजै काठमाडौं फर्कने कार्यक्रम छ । 

भोलि विजयादशमीका दिन काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । 

प्रधानमन्त्री झापा

विशेष