राष्ट्रप्रमुख र उपप्रमुखले कोबाट लगाए टीका ?

राष्ट्रप्रमुख र उपप्रमुखले कोबाट लगाए टीका ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा आज उनले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् ।

उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गरिन । राष्ट्रपति भण्डारीले मूल पुजारीलाई पनि टिका लगाइदिएकी थिइन् । राष्ट्रपति भण्डारीले आफ्ना परिवारका सदस्यलाई समेत टीका लगाइदिएकी छिन् ।

उपराष्ट्रपतिको टीका

उपराष्ट्रपति नन्दबहादुर पुनले बुबाको हातबाट बडा दशैंको टीका लगाएका छन् । उनले विजया दशमीको शुभ साइतमा बुबा रामसुर पुनको हातबाट टीका लगाएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । पुनले उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीया बुबा रामसुनबाट टीका ग्रहण गरेका हुन् । 

सोही अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएका छन् ।

संम्बधित खबर

विशेष