News

महरालाई टार्गेट गरी प्रधानमन्त्री ओलीले भने यस्तो, नेकपामा बन्यो चर्चाको विषय!

महरालाई टार्गेट गरी प्रधानमन्त्री ओलीले भने यस्तो, नेकपामा बन्यो चर्चाको विषय!

दमक — प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो शैलीमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई टार्गेट गरी खराब आचरण भएका कसैलाई पनि सरकारले नछोड्ने बताएका छन् ।

सोमबार गृहनगर झापाको दमकमाआफैंले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले ठूलो सानो नभनी खराब आचरण भएकालाई सरकारले कारबाही गरि छाड्ने बताए ।

उनले भने, खराब आचरण भएका मान्छे चाहे पार्टी भित्रका हुन या पार्टी बाहिरका सरकारले सबैलाई कानुनको दायरामा ल्याउँछ।

‘कसैको आचरणमा तलमाथिभयो भने त्यसलाई कारबाही हुन्छ । ठूलो र सानो भन्ने कुराको मतलब हुँदैन । आचरण र व्यवहारको मतलब हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट र आचरण खराब भएकालाई म छोड्दिन ।’ प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्तिलाई लिएर नेकपाका नेताहरुबीच चर्चा परिचर्चा भइरहेको छ।

विशेष