पत्रकार सिवाकोटीलाई १ हजार डलरको पुरस्कार

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल ईन्जाले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ ।
ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७, २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजना गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्णबहादुर महराबारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।
नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुंदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रैवनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ ।
ईन्जाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन् । ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ । र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउने छ भन्ने विश्वास राख्दछ ।’
पत्रकार ईन्जा