प्रधानमन्त्रीकाे टिका २ देखि ७ बजेसम्म, काे काे लगाउँदैछन् टिका?
काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ घण्टा टिका लगाइदिने कार्यक्रम रहेको छ ।
दिउँसो दुई घण्टा नेता, मन्त्री, सांसदसहित टिका लगाइदिने कार्यक्रम रहेको छ भने् ३ घण्टा पार्टी कार्यकर्तालाई दसैंको टिका लगाइदिने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले समाजिक संजाल ट्विटरमा ट्वीट गर्दै प्रधानमन्त्रीको दसैंको टिका तालिका सार्वजनिक गरेका हुन्।
सरकारी निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले आफ्ना पिताबाट टिका ग्रहण गर्नेछन्।
आफूले पिताबाट टिका ग्रहण गरेपछि सम्माननीय प्रधानमन्त्री ओलीले आज (१ दिन मात्र) दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिनु हुने भएको छ।
— Kundan Aryal (@TheRealKalamchi) October 8, 2019
शुभ-दशैं pic.twitter.com/nORjxYufNK