News Breaking News

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सजाइएकाे ब्यानर च्यातियो, सुरक्षा जोखिम बढ्यो (फाेटाेफिचर)

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सजाइएकाे ब्यानर च्यातियो, सुरक्षा जोखिम बढ्यो (फाेटाेफिचर)

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही २५ गते शनिबार नेपाल भ्रमणमा आउन लागेपछि अज्ञात समूहले काठमाडौँको विभिन्न स्थान उनको स्वागतका लागि सजाइएको ब्यानर, पम्पलेट तथा फ्लेक्स ब्यानर च्यातेको छ।

समूहमा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। महानगरी प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले एक जनालाई पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार रक्सी खाएको तालमा पक्राउ परेको ब्यक्तिले फ्लेक्स ब्यानर च्यातेको हो।

चिनिया रास्ट्रपति सीको भ्रमणलाई लक्षित गरी तिनकुनेको बागमती पुल को फोहोर छोप्न बनाएको फ्लेक्स अज्ञात समूहले च्यातिदिएका हुन्।  प्रत्यक्षदर्शीका अनुसार तिनकुनेमा चिनियाँ राष्ट्रपति स्वागतको लागि सजाइएको फ्लेक्स ब्यानर च्यातिएको हो।

सामाजिक संजालमा कमजोर र कमसल संरचना निमार्ण गरिएको भनी विरोध सुरु भएको छ। तिनकुनेमा माटोको पहाड रातारात बनाएकोमा पनि बिरोध स्वरुप अज्ञात समूहले फ्लेक्स ब्यानर च्यातेका हुन्। निर्माण गर्दा भ्रस्टचार गरेको आरोप पनि उक्त समूहले लगाएको छ।

प्रहरीहरु दशैँ को बेला बिदा न पाएर सी भ्रमण ले गर्दा  आक्रोशित देखिएका छन्।  फ्लेक्स च्यातिनले सुरक्षा चुनैती बढ्दा प्रहरीको टाउको दुखाइको विषय बनेको छ। केहि समय अगाडी चिनिया बिदेश मन्त्री नेपाल भ्रमणमा आएको बेला प्रदर्शनको नेतृत्व गरेको बताइएको उपेन्द्र यादवको समाजबादी पार्टीकी नेतृ सुनिता शाहको नाम जोडिएको थियो।

सोही प्रदर्शनमा सिता ज्योति लगायत करिब ११ जना अन्य महिला अधिकारकर्मी पक्राउ परेका थिए। त्यसयता समाजवादी पार्टीकी नेतृ सुनिता शाहमाथि प्रहरी निगरानी बढाइएको छ। फेरी पनि  प्रदर्शन हुन सक्ने आशंका उनीमाथि निगरानी बढाइएको बताइएको हो।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने जानकारी दिए लगत्तै अज्ञात समूहका कारण सुरक्षा जोखिम बढेको छ।

त्यस्तै केही समय अगाडि हङकंङमा शन्तिपूर्ण आन्दोलनको क्रममा दुई नेपाली चेलीलाई चिनियाँ प्रहरीले पक्राउ गरेपछि नेपालमा प्रदर्शन गर्ने तयारी भइरहेको बेला उनीहरुलाई छाडिएको हो।

यता, करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।

यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

 

विशेष