News

चिनिया राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक

चिनिया राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक

चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक भएको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।

नेपालमा परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ति निकाली चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको औपचारिक जानकारी दिएको छ ।  

सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीन सरकारले आधिकारिक जानकारी बाहिर ल्याएको थिएन । 
चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सीधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता हुनेछ ।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

नेपाल र भारत दुवै देशमा एक–एक रात बिताएपछि १३ तारिखमा उनी स्वदेश फर्कने कार्यक्रम छ । सीको भ्रमण बेला नेपाल र चीनबीच विकास परियोजनामा सम्झौता हुनेछ ।

सी जिनपिङ

विशेष