News

केसीको समर्थनमा जुलुस, प्रहरीबाट हस्तक्षेप, केही विद्यार्थी घाइते

केसीको समर्थनमा जुलुस, प्रहरीबाट हस्तक्षेप, केही विद्यार्थी घाइते

डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा विद्यार्थीहरुले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरी हस्तक्षेपमा केहि विद्यार्थीहरु घाइते भएका छन् । डा केसी डडेलधुराको एक निजी घरमा कार्तिक १८ गतेदेखि आमरण अनशनमा छन् । केसीको सर्मथनमा उद्योग वाणिज्य संघ डडेलधुराले आज बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाएको छ ।

डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

डा गोविन्द केसी

विशेष