News

भ्रष्टाचारकाे जालाे : अख्तियारको फन्दामा अदालतका कर्मचारी

भ्रष्टाचारकाे जालाे : अख्तियारको फन्दामा अदालतका कर्मचारी

काठमाडाैं – पछिल्लाे समय विभिन्न कार्यालयका कर्मचारी घुससहित पक्राउ परिरहेका बेला अदालतका कर्मचारी पनि घुससहित पक्राउ परेका छन्। फैसला भएको मुद्दाको कागज उपलब्ध गराउन ६० हजार घुस माग्ने जिल्ला अदालतका रुकुमका नासु रमेशकुमार खड्का १५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

आयोगको स्टिङ अप्रेसनको टोलीले उनलाई पछ्याउँदै आइतबार घुससहित पक्राउ गरेको हो। अदालतबाट फैसला भईसकेको एक जग्गा मुद्दाको जग्गा दाखिला खारेज दर्ता पुर्जी उपलब्ध गराउन नासु खड्काले सेवाग्राहीसँग ६० हजार घुस रकम मागेका थिए। 

फैसला भएपछि स्वतः पाउनुपर्ने कागजका लागि उनले ६० हजार रकम माग गरेका थिए। उक्त रकम धेरै भएको सेवाग्राहीले बताएका थिए। तर कम रकममा आफूले उपलब्ध गराउन नसक्ने भन्दै उनले चेतावनी दिएका थिए। अन्त्यमा नासु खड्का १५ हजार रुपैयाँमा कागज उपलब्ध गराउन सहमत भएका थिए। 

अख्तियारको योजना अनुसार पक्षलाई १५ हजार रुपैयाँ दिएर पठाएको थियो। उक्त रकम पक्षसहित पक्षले नासु खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिकास्थित राप्ती होटल एन्ड लजमा बोलाइएको थियो।  जिल्ला प्रहरी कार्यालय जाने बाटोमा रहेको उक्त होटलमा पैसा लिइरहेको अवस्थामा अख्तियारले स्टिङ गरेको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। 

विशेष