News

३६ हेक्टर नेपाली जग्गा अतिक्रमणपछि गुञ्जियाे 'गाे ब्याक चाइना' काे नारा

३६ हेक्टर नेपाली जग्गा अतिक्रमणपछि गुञ्जियाे 'गाे ब्याक चाइना' काे नारा

काठमाडौं – कालापानीसहित लिम्पीयाधुरा र लिपुलेकलाई भारतले नयाँ नक्सामा सार्वजनिक गरेपछि त्यसकाे विरोध प्रदर्शन भइरहेको बेलामा समाजिक सञ्जाल इन्स्टाग्राम, ट्विटर र फेसबुकमा 'गाे ब्याक चाइना'' भन्ने ह्यासट्यागकाे नारा गुञ्जिएका छ।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले चीन र भारत दुबै नेपाली जग्गा अतिक्रमणका घटनाहरूका लागि नेपाल सरकारलाई जिम्मेवार ठहराए। पूर्व कूटनीतिज्ञ दुर्गा भट्टराईले केसीको लेख ट्वीटरमा "ब्याक अफ चाइनना" ह्यासट्यागकाे नारा ट्वीट गरे।

यो केवल एक उदाहरण हो। उत्तरी छिमेकीले नेपाली भूमि जग्गा कब्जा गरेको आलोचना गरेकोमा नेपालीहरू विभाजित भएका छन्।

अरु धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले सांखुवासभा, रसुवा, सिन्धुपाल्चोक, हुम्ला लगायतका ४ जिल्लाहरुमा ३६ हेक्टर नेपाली जग्गा अतिक्रमण गरेकोमा चीनको आलोचना गरेका छन्।

यसैगरी हाम्रो पार्टी नेपाल र कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) ले संयुक्त रुपमा चिनियाँ अतिक्रमणको विरोध गरेकाे छ। सन् २०१५ मा नेपालको स्वीकृति बिना लिम्पीयाधुरामा चीनले व्यापार मार्ग खोल्न भारतसँग सहमति जनाएको थियो। त्यस्तै अधिका‌ंश जिल्लामा नेपाली जनता  'गाे ब्याक चाइना' लेखेकाे प्लेकार्ड समेत बाेकेर चीनकाे विराेध गरिरहेका छन्।

विशेष