उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आगामी मंसिर १४ गते हुने  उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । गत बिहीबार उम्मेद्वारका आकांक्षीहरुले मननोनयन दर्ता गराएका थिए ।

उम्मेद्वारमाथिको दावी विरोध र उम्मेद्वारी फिर्तालगायतका प्रक्रिया पूरा गरेर आयोगले आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । उम्मेदवारमाथिको दाबी विरोध र उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पुरा गरेर अन्तिम नामावली प्रकाशन गर्नेछन । भोलि उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ को क, दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ख र बागलुङ क्षेत्र नम्बर २ को २ मा चुनाव हुनेछ । कास्कीमा २२ जना, भक्तपुरमा १९ जना, बाग्लुङमा १० जना र दाङमा चौध जनाको उम्मेदबारी परेको छ । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भएसँगै ती जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

स्थानीय तहका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते उपचुनाव हुँदैछ । ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । स्थानीय तहका लागि भने २७ कार्तिकमा मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

आयोगका अनुसार कास्की क्षेत्र नं २ मा तीन जनाको उम्मेद्वारी बदर भएको छ ।  प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ नाम दोहोरिएकाले उनीहरुको उम्मेद्वारी बदर गरिएको हो । 

- यो सामग्री पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com ) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट सामग्री निःशुल्क प्राप्त गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ । 

संम्बधित खबर

विशेष