सीमाबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदीय समितिमा स्पष्टीकरण दिने

सीमाबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदीय समितिमा स्पष्टीकरण दिने

काठमाडौँ । भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ ।

समितिका सदस्यहरुले नक्साबारे प्रधानमन्त्री केपी ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाइएको हो ।
त्यस्तै प्रतिनिधिसभाको अन्तर्रष्ट्रिय सम्बन्ध समितिले सोमबार नै भारतीय नक्सामा नेपाली भूमि रहेको बारे छलफल गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।

परराष्ट्र मन्त्रालयले यसअघि विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताएको थियो । भारतीय नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी लगायतका स्थान परेको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेको छ ।

संम्बधित खबर

विशेष