बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएनन्

बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएनन्

बैतडीः आधारभूत तहको विद्यालय व्यवस्था गर्ने जिम्मा वडा कार्यालयको हो । वडा कार्यालयको सचिव बुवा र दुई छोरा मध्ये एक स्कुलको हेड मास्टर र अर्का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् तर, सोही वडाका विद्यार्थीले शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि पढ्ने किताब पाएका छैनन् ।

यो दुर्दशा बैतडीको सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयको हो । किताब किन्ने बजेट आए पनि किताब नआएको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । विद्यार्थीको हातमा किताब नहुँदा शिक्षकले एउटा किताबको भरमा कक्षा संचालन गर्नु पर्ने बाध्यता रहेको छ । किताब नहुँदा विद्यार्थीको पढाईमा असर पुगेको स्थानीय वित्रा साउँदले बताइन् । विद्यार्थीले किताब नपाएको विषयमा जिज्ञासा राख्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह ऐरले विद्यालयमा सबै पाठ्यपुस्तक पुगेको दाबी गरे ।

अध्यक्ष ऐरले भने, ‘कसले भन्यो विद्यालयमा किताब पुगेको छैन भनेर? सबै किताब पुगेका छन् । कुनै समस्या छैन । पछिल्लो समय मेरो कार्यकाल पनि सकिनै लागेकोले म अन्य योजनामा व्यस्त छु ।’ विद्यालयका प्रधानाध्याक रमेशबहादुर ऐरले भने किताब नभएको स्वीकार गरे । 

प्रधानाध्यापक ऐरले भने, ‘बजेट त पहिले नै निकासा भईसकेको हो । किताब विक्री गर्नेलाई हामीले बजेट पनि दिईसकेका हौं । अन्य विषय आए पनि कक्षा ४ को नेपाली र गणितको किताब पुगेको छैन ।’ विद्यालयमा आफु मात्र स्थायी शिक्षक भएकोले अन्य सबै निजी श्रोतमा शिक्षक राखेर पढाउनु पर्ने बाध्यता समेत रहेको प्रधानाध्यापक ऐरले बताए । यो समाचार आजको गोरखात्रपत्र दैनिकबाट लिइएको हो ।
 

बैतडी विद्यालय किताब पारिवन आधारभूत विद्यालय

संम्बधित खबर

विशेष