बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

बैतडीः ट्याक्टर दुर्घटना हुँदा बैतडीमा ८ जना घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा घाइते हुनेमा पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइतेको परिचय खुल्न सकेको छैन् ।
पाटनवाट सडकमा काम गर्नका लागी मजदूर बोकेर हिडेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिका–६ कद्वारनजिक खोलामा दुर्घटनामा परेको हो ।
घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्याक्टर सडकवाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बैतडी ट्याक्टर दुर्घटना