News

टेम्पोको ठक्करबाट प्रहरीका सई गम्भीर घाइते

टेम्पोको ठक्करबाट प्रहरीका सई गम्भीर घाइते

गौरः रौतहटको कटहरिया बजारमा गस्तीमा रहेका एक जना प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल गस्तीमा गएका इलाका प्रहरी कार्यालय कटहरियाका सई श्रीनारायण पण्डित टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् ।

शनिवार राति ८ः३० बजे बा५७प ३८३९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका सई पण्डितलाई विपरित दिशाबाट आउँदै गरेको ना२ह ४२६९नम्बरको टेम्पोले ठक्कर दिएको हो । 

दुुर्घटनामा परी पण्डितको दायाँ हात भाँचिएको र अनुहारलगायत शरीरका विभिन्न ठाँउमा गम्भीर चोट लागेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सई पण्डितलाई कटहरियाबाट सामान्य उपचारपछि लगत्तै थप उपचारका लागि राति नै वीरगञ्ज पठाइएको छ । 

अत्यधिक मदिरा सेवन गरी तीब्र गतीमा गइरहेको टेम्पोले सई पण्डित चढेको मोटरसाइकललाई ठक्कर दिएपछि सडकछेउमै रहेको बसमा र त्यसपछि नगरपालिकाको कम्पाउण्डवालमा ठोकेको थियो ।

दुर्घटनापछि भागेका टेम्पो चालक कटहरिया–५ का प्रभु साह सोनारलाई सई पण्डितसँगै मोटरसाइकलमा पछाडि बसिरहेका अर्का प्रहरी जवानले नियन्त्रणमा लिएका छन् । 

ठक्कर दिने चालक हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र टेम्पो इलाका प्रहरी कार्यालय कटहरियामा रहेको तथा घटनाबारे अनुुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए । 

रौतहट श्रीनारायण पण्डित

विशेष