News

मेलम्चीमा नयाँ भाखा : अब असार मसान्तमा पानी 

मेलम्चीमा नयाँ भाखा : अब असार मसान्तमा पानी 

काठमाडौँ । काठमाडौँ उपत्यकामा पानी ल्याउने बहुचर्चित आयोजना मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको छ । आगामी असार मसान्तभित्र काठमाडौं उपत्यकामा पानी खसाल्ने गरी मेलम्ची खानेपानी आयोजनाको रोकिएको काम पुनः सुरु भएको हो। चिनिया ठेकेदार कम्पनी सिनो हाइड्रोले यही हप्तावाट सुरुङ र हेडबक्सको बाँकी काम अघि बढाएको हो ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरेसँगै तत्कालका लागि अन्योल हटेको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरेको छ । कम्पनीले आउँदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ ।

कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउने बताइएको छ । तर पुरानो ठेकेदार कम्पनी सीएमसीसँग काम गरेका स्थानीय सप्लायर्सले भने बाँकी रकम भुक्तानी नगरे आयोजनको काम रोक्ने चेतावनी दिएका छन् ।

सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोश छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन ।

मेलम्ची खानपानी मेलम्ची

विशेष