News

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका राजधानीबाट २० कार्यकर्ता पक्राउ

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका राजधानीबाट २० कार्यकर्ता पक्राउ

काठमाडौं । भारतले हाले सार्वजनिक गरेको नयाँ नक्सामाविरुद्द प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र ९विप्लव०का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको नयाँ नक्सामा समेटिएको बिरोध प्रदर्शनमा उत्रिएको क्रममा उनीहरु पक्राउ परेका हुन्। 

पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता हाेविन्द्र बाेगटीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता छिरेको बताए । उनले भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’ पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले अनलाइनखबरलाई बताए ।

विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि सरकारले २८ फागनु २०७५ मा प्रतिबन्ध लगाएको थियो । त्यसता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

विशेष