उपनिर्वाचनका लागि सुरक्षा कार्ययोजना तयार
काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सुरक्षा कार्ययोजना तयार भएको छ । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका समावेश गरिएको छ । कार्ययोजना शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकमा प्रस्तुत गरिएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा कार्ययोजनालाई सुरक्षा संवेदनशीलता र विगत निर्वाचनका अनुभवको आधारमा परिष्कृत गर्दै लैजान निर्देशन दिए ।
बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुललगायत सहभागी थिए ।