चीनविरोधी जनलहर : सी चिङ्ग पिङ्गको पुत्ला दहनदेखि गुञ्जियो ‘गो ब्याक चाइना’ को नारा
काठमाडाैँ – स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले देशका अधिकांश जिल्लामा चीनले नेपाली भूमि हड्पेको विरुद्ध प्रदर्शन गरेका छन्। हिजो र आज गरी कपिलवस्तु, सर्लाही, राजविराज र बर्दियामा उक्त समूहले चिनियाँ राष्ट्रपति सी चिङ पिङको पुत्ला दहन गरेका छन्।
स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले चीनको हेपहा प्रवृतीको विरोधस्वरुप पुत्ला दहन गरेका हुन्। चीनले नेपालको भू–भाग अतिक्रमण गरेको विरोधमा पुत्ला जलाइएको उक्त समूहका एक सदस्यले बताए।
त्यस्तै समाजिक सञ्जाल इन्स्टाग्राम, ट्विटर र फेसबुकमा 'गो ब्याक चाइना' भन्ने ह्यासट्यागको नारा समेत गुञ्जिएको छ। राजनीतिक विश्लेषक सुरेन्द्र केसीले चीन र भारत दुबै नेपाली जग्गा अतिक्रमणका घटनाहरूका लागि नेपाल सरकारलाई जिम्मेवार ठहराए। पूर्व कूटनीतिज्ञ दुर्गा भट्टराईले केसीको लेख ट्वीटरमा 'ब्याक अफ चाइनना' ह्यासट्यागको नारा ट्वीट गरे।
यो केवल एक उदाहरण हो। उत्तरी छिमेकीले नेपाली भूमि जग्गा कब्जा गरेको आलोचना गरेकोमा नेपालीहरू विभाजित भएका छन्। अरु धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले सांखुवासभा, रसुवा, सिन्धुपाल्चोक, हुम्ला लगायतका ४ जिल्लाहरुमा ३६ हेक्टर नेपाली जग्गा अतिक्रमण गरेकोमा चीनको चर्र्काेआलोचना गरेका छन्। त्यस्तै अधिकांश जिल्लामा नेपाली जनता 'गो ब्याक चाइना' लेखेको प्लेकार्ड समेत बोकेर चीनको विरोध गरिरहेका छन्।
यसैगरी हाम्रो पार्टी नेपाल र कम्युनिष्ट पार्टी माओवादी ९केन्द्र० ले संयुक्त रुपमा चिनियाँ अतिक्रमणको विरोध गरेको छ। सन् २०१५ मा नेपालको स्वीकृति बिना लिम्पीयाधुरामा चीनले व्यापार मार्ग खोल्न भारतसँग सहमति जनाएको थियो। ३६ हेक्टर भूभाग मिचेको विरोेधमा नेपाली जनाता आक्रोशित भएका छन्।
साेही क्रममा संसदीय समितिको बैठकमा याे विषयले प्रवेश पाएकाे छ। नेपाली कांग्रेसका दुई सांसदले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेपछि संसदीय समितिमा याे विषयले प्रवेश पाएकाे हाे।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको सोमवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह र देवेन्द्रराज कंडेलले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेका हुन् ।
सांसद सिंहले उत्तरी सीमा मिचिएको बारेपनि बोल्नु पर्ने बताए । ‘कोराला नाकाको गेटको साँचो चीनले खोल्छ, नेपालसँग किन छैन ? उत्तरतर्फ ११ ठाउँमा सीमा मिचिएकोबारे किन नबोल्ने ?’ सांसद सिंहले प्रश्न गरे ।
त्यस्तै नेपाली कांग्रेसकै देवेन्द्रराज कंडेलले दोलखाको ७० नम्बरको पिल्लरलगायत उत्तरतर्फ पनि केही विवाद रहेको भन्दै समाधान गर्नुपर्ने बताए ।
कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार नेपाली जमिन चीनले मिचेको जनाइएकाे छ। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ,'चीनले नेपाल-चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना अत्याधिक छ।'
नेपाल चीन सीमानामा नेपाल तिर नदिको वहावले ठूला ठूला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सीमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ।