विभिन्न चार देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, गणतन्त्र अर्जेन्टिना, बहराइन अधिराज्य र प्रजातान्त्रिक जनगणतन्त्र लाओसका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
राष्ट्रपतिसमक्ष श्रीलङ्काका आवासीय राजदूत हिमाली सुभाषिनी डि सिल्भा अरुनतिलका, अर्जेन्टिनाका गैरआवासीय राजदूत डानियल चुबुरु, , बहराइनका गैरआवासीय राजदूत अब्दुलरहमान मोहमद अहमद अल गौड र लाओसका गैरआवासीय राजदूत बौन्नेमी चौउनगोहमले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका हुन् ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थित रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
- यो सामग्री पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com ) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट सामग्री निःशुल्क प्राप्त गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ ।