News

महराविरुद्ध प्रहरीले जुटायाे यस्तो घटनासँग मिल्दाे प्रमाण, के महरा कानूनी घेराबाट उम्कीन सक्लान्?

महराविरुद्ध प्रहरीले जुटायाे यस्तो घटनासँग मिल्दाे प्रमाण, के महरा कानूनी घेराबाट उम्कीन सक्लान्?

काठमाडौं – संघीय संसद सचिवालयको महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीले एसएमएसदेखि चश्माको पावरसम्मको प्रमाण जुटाएको छ। तर महराले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा कसुर अस्वीकार गर्दै आएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र वयान दिँदै महराले घटना भएको भनिएको सुविधानगरस्थित घरको छेउमा पुगेको तर, बाटैबाट फर्किएको बयान दिएका छन् । 

‘म गएको थिएँ तर, घरभित्र नछिरी फर्किएँ’, महराले वयानमा भनेका छन् । उनले बरामद भएको भनिएको चश्माको डण्डी, जुत्ताको जिब्री ९भित्री तलुवा० पनि आफ्नो नभएको बताएका छन् । आफूलाई फसाउन पुरानो फालिएको चश्माको सिसा, डण्डी र जुत्ताको तुलवा राखेको हुन सक्ने उनको आशंका छ ।

तर, काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसन्धान अधिकृतले भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट प्राप्त सीसी टीभी फुटेजसहितका प्रमाणले महरा छोरा निर्मलको गाडी चढेर वारदात स्थलमा पुगेको पुष्ट्याइँ गरेको अभियोगपत्रमा उल्लेख गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

१३ असोजमा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्। पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो। महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। प्रहरीले महरालाई हिरासतमा राखेर पटक पटक म्याद थपी अनुसन्धान गरेको थियो।

विशेष