News

भुटानसँग समेत निरन्तर व्यापार घाटा

भुटानसँग समेत निरन्तर व्यापार घाटा

काठमाडौंः चालू आवको पहिलो तीन महिनामा नेपालले भुटानसँग ५३ करोड ५४ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अघिल्ला दुई आवमा पनि नेपालको भुटानसँगको व्यापार घाटामै थियो । गत आव ०७५–७६ मा नेपालले भुटानसँगको व्यापारमा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नोक्सान व्यहोरेको थियो । आव ०७४–७५ मा नेपालको भुटानसँगको व्यापार १ अर्ब ५६ करोड १९ लाख रुपैयाँले घाटामा थियो ।

के आउँछ भुटानबाट?

भन्सार विभागका अनुसार भुटानबाट नेपालले सुकेका फलफूल, जुस, जिप्सन, प्लास्टर, औषधि, मूर्ति, सिमेन्ट क्लिंकर, काठका सामग्री तथा किचेन वेयरलगायत आयात गर्दै आएको छ ।  

के जान्छ नेपालबाट? 

नेपालले भुटानमा गार्मेन्ट, कार्पेट, दालमोठ तथा भुजिया, अगरबत्ती, साबुन, काठका सामग्री, पिठोलगायतका वस्तु निर्यात गर्दै आएको छ । दालमोठ तथा भुजिया, साबुन र पिठो नियमितजस्तै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांक छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

व्यापार घाटा भुटान

विशेष