News

रक्सोल भन्सार बन्द गर्न दबाब

रक्सोल भन्सार बन्द गर्न दबाब

वीरगञ्जः भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक गर्ने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि वीरगञ्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ ।

भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई छलफल गर्न सबै सरोकारवालालालाई पत्राचार गरेको छ । 

भारत सरकारले आईसीपी पूर्ण रुपमा सञ्चालन गरेर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगञ्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्तालाई भने तनाव भएको छ।

इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरु कोइला, जिप्सन, प्लाएस, स्लेग लगायतका मालसामान रक्सोलबाट नै ढुवानी हुँदै आएको छ । अब यस्ता सामान पनि आईसीपीबाटै आयात गर्नुपर्ने बाध्यात्मक अबस्थाको सिर्जना भएपछि आयातकर्ताहरु चिन्तित भएका छन् । यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।

वीरगञ्ज रक्सोल नाका

विशेष