८ मन्त्री परिवर्तन गर्दै प्रधानमन्त्री ओली, मुख्यमन्त्री पनि फेरिन सक्ने
काठमाडौंः मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्सन’ लिएका थिएनन् ।
अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो ।
स्रोतका अनुुसार कम्तीमा ८ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । ओलीले प्रदेशका मुख्यमन्त्री र मन्त्री फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
केपी शर्मा ओली नेकपा