News

एसिड पीडितकाे माग : पीडकलाई जन्मकैद वा फाँसीकाे सजाँय(भिडियाेसहित)

एसिड पीडितकाे माग : पीडकलाई जन्मकैद वा फाँसीकाे सजाँय(भिडियाेसहित)

बारा ।  तेजाब प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुहारमा तेजाब प्रहार गरी फरार रहेका अभियुक्त दिलिराज केशरी ६ वर्षपछि पक्राउ परेका हुन्।

०७० बैशाख ९ गते मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ की विन्दावासिनी कंसाकारमाथि तेजाब प्रहार गरी फरार रहेका दिलिराज केशरी बिहिबार साँझ करिब ९ बजे पक्राउ परेका हुन्।

आफ्नै भाँडा पसलमा बसिरहेकी कंसाकारमाथि भारत माहाराजगञ्जका केशरीले तेजाब प्रहार गरेका थिए। केशरीलाई जिप्रका मकवानपुर र जिप्रका बाराको प्रहरी टोलीले  बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता यत्रप्रसाद भट्टराई बताए।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २३ भलोहिबाट लुकेर बसेकोे अवस्थामा पक्राउ परेका उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम हाे । त्यसका लागि हेटौडाका पत्रकार पीडित कंंशाकारसहितका आफन्तहरू भेला भएका थिए ।

प्रहरीले पीडक केशरीलाई सार्वजनिक गर्ने वित्तिकै पत्रकारहरूले पीडित युवती विन्दावासीनिलाई प्रश्न गरे।  त्यसको जवाफ दिंदै उनले अभियुक्तलाई जन्मकैद वा फाँसी सजाँय हुनुपर्ने माग गरिन् ।  

उनले जन्मकैद भन्दा कम सजाँय गर्ने भए हेटौडाका सर्वसाधारणमाझ पीडकलाई छोडिदिन माग गरिन्।आफ्नो उपचारमा ८० लाख भन्दा बढी खर्च भएको बताउंदै उनले आफूलाई सरकारबाट कुनै सहयोग नभएको भन्दै क्षतिपूर्तिको पनि माग गरिन्।

निकै आवेशमा देखिएकी उनले आफूलाई सम्हाल्न सकिन्न र नजिकै उभिएका पीडक केशरीलाई कुट्न तम्सिइन्।  निकै आक्रोशित उनले केशरीको कपाल तान्दै कुट्न अघि बढिन्।  तर, नजिकै रहेका प्रहरी र उनका आफन्तले उनलाई सान्तवना दिंदै रोकिन्।

विशेष