ओली–प्रचण्डबीच ‘वान टु वान’ छलफल, यस्ताे भयो कुराकानी

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।
नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।
नेकपा ओली–प्रचण्ड वान टु वान