माता लक्ष्मीलाई खुसि पार्न शुक्रवारको दिन अवश्य गर्नुहोस यी काम

सनातन हिन्दू धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव-विलासको दिन मान्ने गरिन्छ। आज देवी लक्ष्मीलाई खुशी पार्नका लागि विभिन्न कामहरु पनि गरिन्छ। यसै अवसरमा आज हामी माता लक्ष्मीलाई खुसि पार्न अपनाउनु पर्ने उपायका बारेमा कुरा गर्न जादै छौ जसले तपाईको जिवनमा सुख शान्ति र समृद्धि प्राप्त हुनेछ।
- भनिन्छ माता लक्ष्मी जुनसुकै समयमा पनि घरमा आउन सक्छिन। तथापी साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नु आवश्यक छ।
- शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटि खुवाऊदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ।
- शुक्रवारको दिनमा सम्भवत घरमा कुचो लगाउनु हुदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ।
यसका अलावा अरु के गर्ने
- घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने
- पानीमा चन्दन मिसाएर स्नान गर्ने
- चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने
- सुगन्धित वस्तुहरुको प्रयोग गर्ने
लक्ष्मी पुजा शुक्रवार