News

अनशन छाड्न डा. केसीलाई दबाव

अनशन छाड्न डा. केसीलाई दबाव

काठमाडौंः चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डडेल्धुरामा आमरण अनशन शुरु गरेका प्राध्यापक डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाव दिएको छ । समर्थकले केसीलाई नसार्न दबाव दिएपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

सोमबार बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिएका अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोरले बताए । प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् ।

प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको केसीले जानकारी दिए । डढेल्धुरा अस्पतालले हिजै डाक्टर केसीको उपचार गर्न नसक्ने भन्दै अन्यन्त्र लैजान आग्रह गरेको थियो । विभिन्न अनशनमा भएका सहमतिलाई कार्यन्वयन गर्नुपर्ने माग राख्दै ६ दिन अघिदेखि डडेल्धुराको सदरमुकाम नजिकै निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा चिसो कोठामा १७औँ अनशन सुरु गरेका थिए ।

डा. गोविन्द केसी अनशन

विशेष