News

'भारतसँग उच्चस्तरीय वार्ता गरौं, अन्तर्राष्ट्रियकरण नभनौं'

'भारतसँग उच्चस्तरीय वार्ता गरौं, अन्तर्राष्ट्रियकरण नभनौं'

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन । यही मान्यतामा उभिने हो ।’ तर यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या सामाधान हुने उनले बताए।

विशेष