News

सेनानी तिवारी बर्खास्त, ६ महिना कैद

सेनानी तिवारी बर्खास्त, ६ महिना कैद

काठमाडौंः नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन् ।

समरी जनरल सैनिक अदालतले सेनानी तिवारीलाई ६ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै सङ्गठनको स्वीकृति बेगर थापाथली इञ्जिनियरिङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।

थापाथली इञ्जिनियरिङ क्याम्पसमा प्राध्यापकमा स्थायी नियुिक्त लिई भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ । सैनिक सेवाबाट आफू खुशी भागेको सबैलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ ।

रामचन्द्र तिवारी

विशेष