अब नागरिकता हेरेर मात्र विवाह

जाजरकोट। जाजरकोटका पण्डितहरूले अब विवाह कर्म गराउनुअघि केटा र केटीको नागरिकता हेर्नुपर्ने भएको छ । जिल्लामा बालविवाह बढेपछि पण्डितहरूले नागरिकता हेरेर उमेर पुगेकाको मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको हो । नियम उल्लंघन गर्ने पण्डितमाथि कारबाही गर्ने प्रहरीको चेतावनी छ ।
‘जिल्लाका पण्डितहरूसँग हामीले छलफल गर्यौँ । वर–बधूको जन्मदर्ता र नागरिकताको प्रमाण हेरेर मात्रै विवाह कार्यक्रम अघि बढाउन पण्डितहरू सहमत भएका छन्,’ जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले भने, ‘यो नियम नमान्ने पण्डितले कारबाही भोग्नुपर्छ ।’
प्रहरीसँग वालविवाहबारे प्रशिक्षण लिएपछि पण्डितहरू पनि केटा र केटीको नागरिकता हेरेपछि उमेर पुगेकाको मात्रै विवाह गराउन सहमत भएका छन् ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा हेमन्त केसीले लेखेका छन।
विवाह नागरिकता बेहुला र बेहुलीको