News

नेसनल मेडिकल कलेजले पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट मात्रै उठायो ६ करोड

नेसनल मेडिकल कलेजले पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट मात्रै उठायो ६ करोड

वीरगन्जको नेसनल मेडिकल कलेजले परीक्षाको मुखमा एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीसँग करिब ६ करोड अतिरिक्त असुली गरेको छ ।

एक सय विद्यार्थी कोटा रहेको कलेजले पहिलो वर्षमा प्रतिविद्यार्थी तीन लाख २७ हजार ६ सयसम्म र दोस्रो वर्षका विद्यार्थीबाट दुई लाख ६७ हजार पाँच सय रुपैयाँसम्म बढी असुलेको छ । यसरी दुई वर्षका विद्यार्थीसँग करिब ६ करोड अवैध असुली गरिएको छ । कलेजले तोकेको शुल्क नतिर्ने विद्यार्थीलाई परीक्षामै सहभागी हुन नदिने धम्की दिँदै रकम असुलिएको विद्यार्थीले बताएका छन् । पहिलो र दोस्रो वर्षको परीक्षा २१ कात्तिकदेखि हुँदै छ ।

विद्यार्थीले कलेजलाई बुझाएको रकमको बिल नयाँ पत्रिकालाई प्राप्त भएको छ । पहिलो वर्षमा चार शीर्षकमा प्रतिविद्यार्थी एक लाख ७८ हजार मात्रै उठाउन पाउनेमा नेसनलले सात शीर्षक थपेर पाँच लाख पाँच हजार ६ सय उठाएको छ । त्यस्तै, दोस्रो वर्षका प्रतिविद्यार्थीबाट चार शीर्षकमा एक लाख ९४ हजार तीन सय उठाउन पाउनेमा चार शीर्षक थपेर चार लाख ६१ हजार आठ सय उठाएको छ । 

यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो।  

नेसनल मेडिकल कलेज

विशेष