भारत केन्द्रबिन्दु रहेको भूकम्पको धक्का नेपालमा पनि
भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण नेपालको सुदुरपश्चिमी क्षेत्रमा पनि भूकम्पको धक्का महसुश गरिएको छ।
भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिएकी छिन।
भुकम्प