News

काठमाडौँतर्फ आउँदै गरेको कन्टेनर धादिङमा पल्टियो: सवारी आवागमन प्रभावित

काठमाडौँतर्फ आउँदै गरेको कन्टेनर धादिङमा पल्टियो: सवारी आवागमन प्रभावित

धादिङ। चितवनबाट काठमाडौँतर्फ आउदै गरेको कन्टेनर मंगलवार बिहान धादिङको  थाक्रे गाउँपालिकास्थित सात किलोमा दुर्घटनाग्रस्त भएको छ।  

सडकमै कन्टेनर पल्टिएकाले बिहान ६ बजेबाट सवारी आवामगन एक लेनमा आलोपालो चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दूर्घटनाबाट मानवीय क्षति नभएको भएता पनि सवारीमा भने सामान्य क्षति भएको छ । कन्टेनरमा रहेको सामान ‘अनलोड’ गरी दुर्घटनाग्रस्त कन्टेनरलाई हटाउने प्रयास भइरहेको प्रहरी चौकी महादेवबेसी धादिङले जनाएको छ ।

कन्टेनर दुर्घटना

विशेष